आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदै

559

काठमाडौँ । आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदैछ । १९९६ मा संयुक्त राष्ट्र महासभाले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई १६ नोभेम्बरमा सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रित गरेको थियो । त्यसपछि, हरेक वर्ष नोभेम्बर १६ मा विश्व समुदायले यो दिवस मनाउँदै आएको छ ।

९० को दशकमा अफ्रिका, बाल्कन र ककेससमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो। नरसंहारका पीडित परिवारहरूले, ‘द्वन्द्व रोकथाम, मानवअधिकारको प्रवद्र्धनको हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित गर्नुहोस’ भनेर दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो ।

विश्वभर, आधुनिकीकरणले समाजहरूमा गहिरो परिवर्तन ल्याइरहेको छ। यसले संचार र आदानप्रदानको लागि विशाल अवसर खोलिरहेको छ। त्यस संगसंगै यसैका कारण असमानता र गरीबी जस्ता अन्य नयाँ चुनौतिहरू पनि उठिरहेका छन्।

अहिले हामीले विभिन्न ठाउहरुमा अनैतिक राजनीतिको उदय र विभाजनको बहस देख्छौं, अहिले हामी विविधतालाई कमजोरीको स्रोतको रूपमा अस्वीकार गरिरहेका छौ । कतै दुर्व्यवहार, कतै घृणा त कतै आतंकवादी हमलाहरूले मानव समुदायलाई एकताको शुत्रमा बाध्न सकिरहेको छैन ।

यस सन्दर्भमा, सहिष्णुता, सद्भाव र सहनशीलताको कमि आधुनिकीकरणसंगै बढी रहेको बुझ्न सकिन्छ । अहिलेको समाजले यो बढिरहेको अमानविय जटिलताबाट मुक्ति पाउन, सहनशीलताले मुख्य भूमिका खेल्नेछ । सहनशीलता शान्तिको लागि संघर्ष हो । आजको यस दिवसले मानव अधिकारको आधारमा विविधता र बहुमतवादको सम्मान गर्दछ ।

तपाईको बिचार