संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता

संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता

574

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा मनोनयन दर्ता गरेका छन् ।

बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हुँदैछ।
यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि कांग्रेसले उनलाई सुनुवाइ समितिमा सभापति बनाउने निर्णय गरेको थियो ।

सअघि कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि उक्त पद रिक्त रहेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर