सञ्चार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : सञ्चारमन्त्री गुरुङ

सञ्चार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : सञ्चारमन्त्री गुरुङ

726

काठमाडौं  , भदौ १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१।८२ भित्र सञ्चार क्षेत्रको कानून संशोधन गर्ने काममा धेरै चुनौतीहरु आएको बताएका छन् ।

काठमाडौंमा आयोजित उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर्ने प्रयासमा लागेको भन्दै धेरै बाँधाहरुका कारण चाहेको जस्तो काम हुन नसकेको बताए ।

उनले भने, ‘यो हलमा रहनुभएका कतिपय मान्छे जन्मिनु पनि भएको थिएन् होला । म पनि भर्खर चारपाँच वर्षको थिए होला । त्यो बेला बनेको कानून र नीति अहिलेसम्म छ । २०२४ सालभन्दा पछि नै जन्मिनु भएको धेरै हुनुहुन्छ होला । म जन्मेको सालको कानून अहिलेसम्म थियो । रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायतको कानूनहरु सबै पुरानो राजा महेन्द्रको पालाको कानून हो । यस्तो कानूनबाट सञ्चार क्षेत्रको विकास संभव थिएन् । त्यसैले २०८१।८२ भित्र कानून संशोधन गर्न सक्छु भनेको थिए । तर त्यहाँभित्र धेरै बाधा हुँदोरहेछ । मैंले सोचे अनुसार गाडी चलेन । चाहेको जस्तो काम हुन सकेको छैन् ।’

यस्तै, उनले सरकार र राज्यको ध्यान नगएपनि विरासतको हिसाबले हुलाक क्षेत्र एकदमै महत्वपूर्ण भएको भन्दै अब यसको अवस्था परिवर्तन गर्नुपर्ने बताए ।
‘पहिलादेखि सरकार र राज्यको एकदमै ध्यानमा नपरेको ठाँउ हुलाक हो । तर विरासतका रुपमा हेर्ने हो भने एकदमै महत्वपूर्ण क्षेत्र हो । त्यसकारण यसलाई समयमा परिवर्तन गर्नुपर्छ र हुन्छ पनि । हामीले कोशिस गर्ने हो भने,’ उनले भने ।

तपाईको बिचार

सम्बन्धित खबर