मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी

मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी

639

काठमाडौँ, १७ भदौ । निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ताको सूचना जारी गरेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको र राजनीतिक दलसम्बन्धी ऐनअनुसार भदौ १९ देखि २५ गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि आयोगमा निवेदन दिन सूचना जारी गरेको हो ।

दल दर्ताका लागि निवेदन दिँदा निवेदनमा राजनीतिक दलसम्बन्धी नियमावलीको ढाँचामा निवेदन, राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेललगायत विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

त्यसैगरी दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्य सङ्ख्या, पछिल्लोपटक आयोगसमक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र उम्मेद्वारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपिसमेत पेस गर्नुपर्ने उल्लेख छ ।

तपाईको बिचार

सम्बन्धित खबर