हरितालिका तीज आत्मानुशासन र आत्मिक शुद्धताको पर्व : प्रधानमन्त्री ओली

हरितालिका तीज आत्मानुशासन र आत्मिक शुद्धताको पर्व : प्रधानमन्त्री ओली

624

काठमाडौं,१० भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलालाई शुभकामना दिएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले तीजलाई गीत–नृत्यको पर्व मात्र नभई आत्मानुशासन, संयम र व्रतसँग जोडिएको पर्वका रूपमा बुझ्नुपर्ने बताएका छन्।

उनका अनुसार प्राचीन समयमा दम्पतीले सँगसँगै सप्तऋषिको पूजा गर्दै व्रत बस्ने परम्परा रहेको भए पनि समयक्रममा महिलामात्रै व्रत बस्ने प्रचलन विकास भएको हो। अहिले समाजमा नयाँ मान्यताहरू पनि जोडिँदै गएको उनले उल्लेख गरेका छन्।

हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ, ओलीले भनेका छन्, ूविज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्‍याउँछ भनी थालिसकेको छ।

संयुक्त पारिवारिक संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले दाम्पत्य उत्साह, आत्मीयता र सामाजिक सौहार्द फैलाउने विश्वास व्यक्त गर्दै उनले सबै महिलालाई मंगलकामना व्यक्त गरेका छन्।

तपाईको बिचार