मदन भण्डारीको विचार र भूमिका विश्वमञ्चमा पुर्‍याउने उद्देश्यले कार्यालय खोलिएको हो : ईश्वर पोखरेल

मदन भण्डारीको विचार र भूमिका विश्वमञ्चमा पुर्‍याउने उद्देश्यले कार्यालय खोलिएको हो : ईश्वर पोखरेल

557

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारीको विचार र भूमिका विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर कार्यालय स्थापना भएको बताएका छन् ।

काठमाडौंको थापागाउँमा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सिलसिलामा मदन भण्डारी फाउन्डेशनद्वारा गठन गरिएको आयोजक समितिले आफ्नो कामलाई व्यवस्थित गर्नका लागि कार्यालय स्थापना गरेको हो । यो त्यही कार्यालय हो,’ पोखरेलले भने ।

आयोजक समितिले मदन भण्डारीको विचार र भूमिका विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर कार्यालय स्थापना भएको पोखरेलको भनाइ थियो ।

‘के प्रतिबद्धता व्यक्त गरेको छ भने, आउने दिनमा जननेता मदन भण्डारीका विचार, उहाँको ऐतिहासिक भूमिका विश्व रंगमञ्चमा पुर्‍याउने उद्देश्य राखेर यो कार्यालय स्थापना गरेको मैले बुझेको छ । यो अनुसार यो कार्यालयले सफलता प्राप्त गरोस्,’ पोखरेलले भने ।

तपाईको बिचार

सम्बन्धित खबर