फेदीखोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, आइपीओ जारी गर्ने निर्णय

फेदीखोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, आइपीओ जारी गर्ने निर्णय

535

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारण सभाले वित्तीय विवरण र लेखापरीक्षण प्रतिवेदन लगायत पारित गरेको छ।

साधारणसभाले आगामी ४ वर्षको लागि नयाँ संचालक समिति चयन गरेको छ। त्यसरी सर्वसम्मत निर्वाचित हुने संचालकहरुमा चन्द्र प्रसाद बाँस्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारी रहेका छन् ।

यस कम्पनीले अहिले भोजपुर जिल्लाको साल्पासिलोछो गाउँपालिकामा ४।३मेगावाट क्षमताको फेदीखोला थुम्लुङ जलविद्युत् आयोजना निर्माणकार्य सम्पन्न हुने चरणमा रहेको छ ।

कम्पनीले शेयरधनिहरुको लगानीलाई सकेसम्म प्रतिफलमुखी बनाउने र साल २०९० सम्ममा कम्तीमा १०० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको जनाएको छ। यसैबीच कम्पनीले आइपीओ पनि जारी गर्ने भएको छ। साधारणसभाले आइपीओसम्बन्धी निर्णय गरेको हो।

तपाईको बिचार

सम्बन्धित खबर