रास्वपा र राप्रपाका सांसदहरुले गरे संसद बैठक बहिस्कार

रास्वपा र राप्रपाका सांसदहरुले गरे संसद बैठक बहिस्कार

599

काठमाडौँ,२९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै आज(विहीबार) पनि बैठक बहिस्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख घिमिरेले रास्वपा सांसद चन्दा कार्की (भण्डारी) र राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई बोल्न समय दिएका थिए ।

दुबै पार्टीका सांसदहरू आफ्नो धारणा राखेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् । उनीहरुले गत जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।

तपाईको बिचार