काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय निर्वाचन आयोगले गरेको छ।
\आयोगले पार्टीले अध्यक्ष परिवर्तन गरेको पत्र प्रक्रियासम्मत नरहेको निष्कर्ष निकालेको छ। साउन १४ र १५ गते राष्ट्रिय भेलाले रञ्जितालाई अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।
२८ साउन, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ ।
हिजो सम्पन्न आयोगको बैठकले पार्टीका तर्फबाट पदाधिकारी हेरफेर भएको भनी केही विवरण आएपनि त्यो प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको हो ।
नाउपा अध्यक्ष श्रेष्ठ पटक–पटक विवादमा परेपछि राष्ट्रिय भेला गरेर उनको स्थानमा लालवीर चौधरीलाई अध्यक्ष तोकिएको थियो ।
तपाईको बिचार