भारतलाई हराउँदै च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई सरकारले ५ लाख पुरस्कार दिने

भारतलाई हराउँदै च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई सरकारले ५ लाख पुरस्कार दिने

639

काठमाडौं, २८ साउन । भारतलाई पराजित गर्दै म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७)को बान्टमवेट च्याम्पियन बन्न सफल रवीन्द्र ढाँटलाई सरकारले ५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी दिएका छन् ।

 

सरकारले रवीन्द्रका प्रशिक्षकलाई पनि २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ। रवीन्द्र ढाँटले पहिलो पटक नेपालको नाममा यो उपाधि जितेर ऐतिहासिक सफलता हासिल गरेका छन्।

तपाईको बिचार

सम्बन्धित खबर