काठमाडौ,१३ साउन । नागपञ्चमीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश दिएका छन्। उनले यो पर्वलाई पानी, माटो र मौसम सन्तुलनको प्रतीकका रूपमा मनाउने परम्पराले प्रकृतिप्रतिको श्रद्धा र सहअस्तित्वको भावना दर्शाउने उल्लेख गरेका छन्।
ओलीले भनेका छन्, “प्रकृतिको संरक्षण गर्न नसक्दा जलवायु परिवर्तनको असर अहिले प्रत्यक्ष रुपमा भोगिरहेका छौं। यस्ता पर्वले प्रकृति संरक्षण र समभावको सन्देश दिन्छन्।” उनले नागपञ्चमीजस्ता चाडपर्वहरूमा पाइने परम्परागत ज्ञानले अहिलेको समयमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
आजको दिन घरको मूलढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूल चढाउने परम्पराको चर्चा गर्दै उनले भने, “हाम्रा पुर्खाले सबै जीवप्रतिको श्रद्धा र सम्मान गर्न सिकाएका छन्।”
ओलीले परम्परागत विश्वासअनुसार नागपञ्चमीले नकारात्मक ऊर्जा हटाउने बताउँदै सम्पूर्ण जनतालाई नागपञ्चमीको शुभकामना व्यक्त गरेका छन्।
तपाईको बिचार