काठमाडौँ, ९ साउन । नेकपा (एमाले)का युवा नेता समिक बडालले ‘मिशन ८४’ अभियान नेतामात्र होइन, देशका प्रत्येक कुनामा क्रियाशील कार्यकर्ता, युवा, बुद्धिजीवी र श्रमिक स्वाभिमानी नागरिकहरूको मिशन भएको बताएका छन्।
सोसल मिडियामा आफ्नो अभिव्यक्ति दिँदै उनले भने, “कसैले गुनासो गरेका होलान्, गुनासो सुन्ने समय आएको छ। कसैले अवसर गुमाएका होलान्, अब तिनलाई अवसर दिने बेला हो। कसैले हिजो बाटो मोडेका थिए, अब देशकै निश्चित बाटो फर्किनुपर्छ।”
उनले सबै संघर्षशील र योगदानकर्तालाई एक ठाउँमा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै भनेका छन्, “मिशन ८४ कुनै गुट, धार वा नेताको होइन, सिंगो राष्ट्र र संगठनको भविष्यसँग जोडिएको अभियान हो।”
तपाईको बिचार