११ जना एसपी एसएसपीमा बढुवा सिफारिस

११ जना एसपी एसएसपीमा बढुवा सिफारिस

581

काठमाडौं, ५ साउन । गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयका अनुसार सोमबार बसेको बढुवा समितिको बैठक अनुसार ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

एसएसपीमा बढुवा सिफारिस भएका एसपीहरुमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत तुलबहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय कोशीमा कार्यरत राकेश सिंह, कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत राजिव बहादुर बस्नेत रहेका छन् ।

यस्तै नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत कमल थापा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रविण धिताल, नेपाल प्रहरी प्रधान कार्यालय प्रवन्ध शाखामा कार्यरत प्रकाश रानाभाटलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ ।

यस्तै एसएसपीमा बढुवा सिफारिस हुनेहरुमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महााखा नक्सालमा कार्यरत ज्ञानेन्द्र प्रसाद फुयाल, काेशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत दीपक पोखरेल, नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल काठमाडाैंमा कार्यरत दयानिधि ज्ञवाली, जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत दीपेन्द्र शाही र जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत केदार खनाल रहेका छन् ।

तपाईको बिचार