काठमाडौ ,२४ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुल लगायतका संरचनाहरुको पुननिर्माणको प्रकृया अघि बढाउन निर्देशन दिनु भएको छ ।
क्षति भएका स्थानमा तत्काल अध्ययन गरि अल्पकालिन र दिर्घकालिन योजना तयार गर्न सडक विभागलाई निर्देशन दिनु भएको हो । भोटेकोशी नदीले पु¥याएको क्षतिको अध्ययन गरि यातायात सहज बनाउने तर्फ लाग्न समेत उहाँको निर्देशन छ । अझै मनसुन जारी रहने तर्फ ध्यान दिँदै संरचनाहरुको सुरक्षा र क्षति भएका संरचनाको अस्थाई र स्थाई पुननिर्माणको योजना बनाउन उहाँको निर्देशन छ ।
नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरि जनजीवन र यातायात सहज बनाउने तर्फ जनशक्ति र श्रोत–साधन परिचालन गर्न उहाँले निर्देशन दिनु भएको हो ।
बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण थप हुन सक्ने क्षतिलाई मध्यनजर गरेर वर्षायाम भरि सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि सम्वद्ध निकायहरुसँग समन्वय थप बलियो बनाउन मन्त्री दाहालले भन्नु भएको छ ।
सो सडक बाहेक अन्य सडकहरु तर्फ समेत ध्यान दिई सके सम्म यातायात अवरुद्ध हुन नदिने गरि जनशक्ति, औजार, उपकरण तथा जनशक्ति परिचालन गर्न उहाँको निर्देशन छ ।
सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पु¥याएको क्षतिको अध्ययन र गर्नु पर्ने कार्यका लागि विभागको टोली परिचालन भई सकेको छ । गल्छी–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाबाट क्षति ग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन भएको हो । बाढी र वर्षाको अवस्था हेरि सडक विभागको जनशक्तिले तत्काल गर्नु पर्ने शुरु गर्दैछ भने अल्पकालिन र दिर्घकालिन रुपमा गर्नु पर्ने कार्यका लागि योजना समेत बनाउने छ ।
सो क्षेत्रमा गर्नु पर्ने संरक्षण मर्मत र पुननिर्माणका लागि विभागको टोलीले अन्य निकायहरुसँग समेत समन्वय गरि रहेको सडक विभागले जनाएको छ ।
तपाईको बिचार