विदेशी भूमिमा रहेको नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री भण्डारी

विदेशी भूमिमा रहेको नेपालीको स्वामित्व राज्यले लिनुपर्छ : श्रममन्त्री भण्डारी

604

काठमाडौं, १९ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा रहेका नेपाली श्रमिकहरुको स्वामित्व लिनु पर्ने बताएका छन ।

ललितपुरमा पौरखी नेपालद्धारा आयोजित कार्यक्रम बोल्दै मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशी भुमिमा काम गरीरहेका नेपालीहरुको राज्यले स्वामित्व लिनु पर्ने बताएका हुन ।

उनले भने, ‘नेपाली कामदारहरु विभिन्न माध्यमबाट कामको लागि विदेशी भुमिमा पुगेका छन । कतिपय ठगिएर पुगेका छन, कतिपय औपचारिक माध्यमबाट गएर लुकेर लामो समय देखि कागजात बिहिन भएर बसेका छन । तिनीहरु सबैलाई कि त राज्यले नेपाली नै होइन भन्नु पर्यो, होइन भने स्वामित्व लिनुपर्छ ।’

मन्त्री भण्डारीले गाउँ रित्तो भयो, खाली भयो, गाँउमा बस्ने अवस्था भएन, पलायनको क्रम रोखिएन यि बिषयमा गम्भीरता पूर्वक समिक्षा हुनुपर्ने बताए । ‘गाँउबाट मान्छे मात्रै पलायन भएका छैनन’, उनले भने, ‘गाँउमा भएका सानोतिनो पुँजी पनि पलायन हुँदा झन रोजगारीको अभाव सृजना भएको हो । ’

उनले नेपालको श्रम तथा रोजगारी क्षेत्रमा देखिएका समाधानका लागि सवै पक्ष इमान्दार भएर लाग्नुको विकल्प नहरेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न ढिलासुस्ती गर्न नहुने बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्वीकृति दिनु भन्दा श्रम अनुमति दिनु पर्ने बताए । उनले भने, ‘श्रम स्वीकृति त गन्तव्य देशले जारी गर्ने हो, हामीले त काम गर्न जाने श्रमिकलाई श्रम अनुमति उपलब्ध गराउनु पर्छ । काम गर्न जाने कामदार तयार छन, कामका लागि लैजाने मुलुक तयार छन । अनि हामीले रोकेर रोकिन्छ ? ’

उनले अहिले वैदेशिक रोजगारको नाममा एक नेपालीले अर्काे नेपालीलाई ठग्ने गरेको घटनाहरु प्रति चिन्ता व्यक्त गर्दै यस्ता ठग, बिचौलिया र एजेन्टहरुलाई तह लगाउन एकद्धार प्रणाली मार्फत श्रम क्षेत्रको सबै सेवा प्रदान गर्न मन्त्रालयले कडा मिहनेत गरी रहेको जानकारी गराए ।

तपाईको बिचार