काठमाडौ, १५ असार । यू-१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई विशाल लक्ष्य दिएको छ ।
मलेसियामा जारी प्रतियोगिताको तेस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर विशाल योगफल तयार गर्यो ।
नेपालको लागि ओपनर प्रसिद्धले १ सय १४ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय ३२ रनको शतकीय इनिङ खेले । पहिलो विकेटका लागि ओपनर प्रसिद्धले अर्का ओपनर परिमार्जन यादवसँग ६२ बलमा १ सय ३२ रनको विशाल साझेदारी गरे ।
परिमार्जनले २८ बलमा ४ चौका र ८ छक्काको सहयोगमा ७१ रनको अर्धशतकीय इनिङ खेले । दोस्रो विकेटका लागि क्रिजमा आएका शिवान्स बजगाईंले ६ बलमा ४ रन बनाए ।
प्रसिद्धले तेस्रो विकेटका लागि रौनक श्रीवास्तवसँग मिलेर १ सय ३६ बलमा १ सय ४८ रनको साझेदारी गरे । रौनकले ७१ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८८ रनको अर्धशतकीय इनिङ खेले ।
पाँचौ विकेटका लागि सुगम बुढाथोकी र जोय थापाकाबीचमा ५७ बलमा ७४ रनको साझेदारी भयो । जोय ४१ बलमा ७ चौकाको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले ।
छैठौं विकेटका लागि सगम र रोशन शाहीबीच बलमा ३३ रनको अविजित साझेदारी भयो । सुगम ३४ बलमा ३९ तथा रोशन १० रनमा अविजित रहे ।
इण्डोनेसियाका लागि किटुट धर्मपुत्रले २ तथा कविन निरज चन्दा, महेन्द्र अजी र राहान रिजाले समान १ विकेट लिए । नेपाल र इण्डोनेसिया दुवैको त्यो तेस्रो खेल हो । नेपाल आफ्नो दुवै खेलमा विजयी भएको थियो ।
तपाईको बिचार