काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसद अमरेश सिंहले सदनमा राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही अभिव्यक्ति भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा नियमापत्ति गर्दै उनले सिंहले देशलाई अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राखेको अभिव्यक्तिप्रति नियमापत्ति गर्दै यो कुरा रेकर्डबाट हटाएर कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका हुन् ।
उनले भने, ‘मेरो नियमापत्ति २०, २१ र २३, छलफलमा सहभागी हुनुभएका मान्य सदस्य अमरेश सिंहले अत्यन्तै आपत्तिजनक विषय हो ।
देशलाई अर्को देशमा वा अमेरिका लगायतको देशमा गाभ्ने भन्ने कुरा संसदको रोस्टमबाट राख्नु आपत्तिजनक अभिव्यक्ति हो । राष्ट्रघाती, देशद्रोही अभिव्यक्ति हो । यसलाई कारबाहीको विषय बनाउनुपर्छ । यसलाई रेकर्डबाट हटाउने कुरा मात्र होइन्, मुलुकको स्वाभिमानको विरुद्धमा, राष्ट्रिय अखण्डताको विरुद्धम हो । एउटा सांसदले यस्तो कुरा राख्ने विषयलाई कारबाहीको विषय बनाइनुपर्छ ।’
उनले यस्ता राष्ट्रघाती अभिव्यक्ति सदनमा सुनेर बस्न नसक्ने पनि बताए ।
तपाईको बिचार