स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्य मन्त्री

स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक : स्वास्थ्य मन्त्री

752

काठमाडौं, ७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि  श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका उनले विद्यमान स्वास्थ्य चुनौतीले सामाना गर्ने नवीन समाधानको खोजी गरिरहेको भन्दै यसमा विश्व स्वास्थ्य संगठनको भूमिका अझ महत्वपूर्ण देखिएको उल्लेख गरेका छन् ।

मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्वतयारीका लागि समतामूलक स्वास्थ्य सेवा र दह्रिलो विश्वव्यापी सहकार्य आवश्यक भन्दै महामारी नियन्त्रणका लागि संगठनले गरेको सम्झौताको स्वागतसमेत गरेका थिए । मन्त्री पौडेलले यसका लागि सदस्यहरुबीच बलियो सहकार्यका लागि आह्वान समेत गरे ।

तपाईको बिचार

सम्बन्धित खबर