स्वदेशी उत्पादनको प्रयोग गरेर आयातमुखी अर्थतन्त्र नियन्त्रण गरौं : उपप्रधानमन्त्री सिंह

स्वदेशी उत्पादनको प्रयोग गरेर आयातमुखी अर्थतन्त्र नियन्त्रण गरौं : उपप्रधानमन्त्री सिंह

694

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाएर आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

‘कालोपत्रे होइन सेतो पत्रे गरौं’ भन्ने नारासाथ सिमेन्ट उत्पादक संघले आयोजना गरेको ‘सिमेन्ट कन्क्लेभ’ कार्यक्रममा उहाँले स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने धारणा राख्नुभएको हो ।

‘सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा लागतका हिसाबले सामग्री आयात गर्नुभन्दा आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गरे यसले उत्पादनलाई पनि बढावा दिने सिंहको भनाई छ । ‘आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न यसको उल्लेख्य भूमिका रहन्छ । त्यसैले यी पक्षलाई ध्यानमा राखेर काम गरौं ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘सिमेन्ट उत्पादनको कुरा गर्दा ४२ मिलियन मेट्रिक टन सिमेन्ट हामीले नेपालमा नै उत्पादन गर्ने गरेका छौ । सामानहरु आयात गर्नुभन्दा पनि आफ्नै देशमा उत्पादन भएको सिमेन्टलाई प्रयोग गर्दा उद्योगलाई पनि बढावा दिन सकिन्छ र आयातलाई पनि रोक्न सकिन्छ । यसतर्फ पनि ध्यान जानुपर्छ ।’

सिंहले नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोगले बाटोहरु गुणस्तरयुक्त हुने पनि बताउनुभयो । शुरुमा सिमेन्टको लगानी धेरै भएपनि सिमेन्टको प्रयोगले बाटोघाटो निर्माण गर्न सहज हुने र लामो समय टिक्ने भएको हुनाले यसको प्रयोग राम्रो हुने उहाँको भनाई थियो ।

तपाईको बिचार