शिक्षक र सरकार बिच बार्ता जारी

शिक्षक र सरकार बिच बार्ता जारी

895
फाइल तस्वीर

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा बार्ता जारी रहेको छ।

हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेवाट पुनः बार्ता सुरू भएको हो । सो बार्ता शिक्षा मन्त्रालयमा जारी रहेको छ ।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ । दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः बार्ता हुन लागेको हो ।

यद्दपी, बार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर(माइतीघर खण्डमा जारी राखेको अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर