शिक्षामन्त्री भट्टराईको राजीनामा, दबाबमा प्रधानमन्त्री , मन्त्रिपरिषदको बैठक जारी

शिक्षामन्त्री भट्टराईको राजीनामा, दबाबमा प्रधानमन्त्री , मन्त्रिपरिषदको बैठक जारी

1022

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । मन्त्रीले राजीनामा दिएको उनका प्रेस सल्लाहकार रामजी लम्सालले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यूलाई भेटेर बुझाउनुभएको छ । अब स्वीकृत हुन्छ होला’, लम्सालले भने ।

शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ ।भट्टराईले मन्त्रीबाट राजीनामा दिनुको कारण भने औपचारिक रुपमा खुलिसकेको छैन । तर उनले शिक्षक आन्दोलन बढ्दै गएको र उनीहरुसं सहमतिका लागि प्रधानमन्त्री उदार नभएको भन्ज्दै राजीनामा दिएको स्रोतले बतायो।

शिक्षामन्त्री भट्टराईले पदबाट राजीनामा दिएसँगै शिक्षकहरुको मागका सम्बन्धमा सरकार दबाबमा परेको छ । सरकारले शिक्षकहरुको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरेपनि शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सदा झैं अनुशासन र मर्यादा कायम राखेर संयम सहित आन्दोलनमा निरन्तर गरिरहने बताए । माग पूरा नहुँदासम्म माइतीघर क्षेत्रमा निरन्तर आन्दोलन रहने उनको भनाइ थियो । तर, सरकारले भने संसद बैठक वैशाख १२ गतेका लागि आह्वान भइसकेको सोही अधिवेशनबाट शिक्षा विधेयक पारित गर्ने आश्वासन दिँदै आएको छ । सरकारले यस्तो आवश्वासन दिएपनि ऐन नपाउँदासम्म आन्दोलन नरोकिने सुवेदीको भनाइ छ ।

सोहीअनुसार सोमबार २० औँ दिनको आन्दोलन भएको र अझै पनि उनीहरुको माग पूरा नहुने अवस्था नबनेसँगै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी हुन् । उनले राजीनामा दिएसँगै सरकार र प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा परेका छन् । आजै मन्त्रीपरिषद् बैठक बोलाइएको र सो बैठकमा यस सम्बन्धमा केही निर्णय हुने अपेक्षा गरिएको छ ।

यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बेलुका ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

 

 

तपाईको बिचार

सम्बन्धित खबर