पूर्व राष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा फर्कन  प्रचण्डको सुझाव  

पूर्व राष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा फर्कन  प्रचण्डको सुझाव  

702
काठमाडौं। राष्ट्रपति भइसकेको नेता फेरि राजनीतिमा आउनु हुन्छ कि हुन्न भन्ने  बहस भइरहेको बेला संसद्मा प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी अध्यक्ष प्रचण्डले भने यसमा स्पष्ट बाटो देखाउने प्रयास गरेका छन् । उपराष्ट्रपति रहिसकेका नन्दकिशोर पुन पासाङलाई पार्टीको उपाध्यक्ष बनाएर यसको छाल एमाले तिर  फ्याँकी दिएका छन् ।  एमालेमा विद्या भण्डारीले पार्टीको नेतृत्व लिनुपर्ने भन्दै दबाब बढ्दै गएको छ। यस्तो बेलामा माओवादी अध्यक्ष प्रचण्डले पूर्व राष्ट्रपति र उपराष्ट्रपति फेरि राजनीतिमा फर्कनु ठीक भएको धारणा समेत सार्बजनिक गरेका छन् ।
अध्यक्ष (प्रचण्डले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई रााजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको सार्बजनिक रुपमा धाराणा सार्बजनिक गरेका छन्  ।
विराटनगर विमानस्थलमा आइतबार  सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिए ।
अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको स्पष्ट गरे ।

तपाईको बिचार

सम्बन्धित खबर