काठमाडौ महानगरमा राजु पाण्डेविरुद्ध ‘महिला प्रहरी काण्ड’ बिउँताउने  तयारी 

काठमाडौ महानगरमा राजु पाण्डेविरुद्ध ‘महिला प्रहरी काण्ड’ बिउँताउने  तयारी 

2295

काठमाडौं। काठमाडौ महानगरपालिकाका निमित्त प्रहरी प्रमुख राजु पाण्डेले यस अघि पनि महानगरमा विभिन्न काण्ड गराएको रहस्य खुलेको छ। पाण्डेले यसअघि आफ्नै सहकर्मी महिला प्रहरी प्रति देखाएको व्यवहारले ठुलो घटनाका रूप लिएको थियो। जसलाई महानगर भित्र महानगर भित्र ‘महिला प्रहरी काण्डको’ संज्ञा दिने गरिएको छ।   यस बेला कर्मचारीहरूले  पाण्डेको विगतमा गुपचुप राखिएको यो घटना समेत बाहिर ल्याउने तयारी गरेका छन् ।
स्रोतका अनुसार झन्डै २ वर्ष अघि उनले एक महिला कर्मचारी प्रति देखाएको रुखो ब्यवाहार विरुद्ध उजुरी परेको थियो।  उनले आफू माहतहातमा रहेकी एक महिला प्रहरीले सुत्केरी अवस्थामा नै बिदा माग्दा बिदा स्वीकृत दिनुको साटो उल्टै अनेक दुर्वचन बोलेका थिए । सो दुर्वचन विरुद्ध उनी माथि  त्यसै बेला कारबाहीको माग समेत भएको थियो ।
ती महिला प्रहरी ले महानगरमा पाण्डेविरुद्ध उजुरी गरेपछि महानगर प्रशासनले त्यस विषयमा समिति गठन गरेर छानबिन गरेको थियो। महानगर प्रशासनले वरिष्ठ अधिकृत गोपाल प्रसाद पोखरेलको संयोजकत्वमा गठन गरेको छानबिन समितिले यस बिषयमा पाण्डेलाई आवश्यक  कारबाही गर्न सिफारिस गरेको थियो। तर बालेन शक्ति प्रयोग गर्दै उनले यसलाई तै चुप मै चुपको अवस्थामा पु¥याएका थिए।
यसरी महानगर प्रशासनले कारबाही नगरेपछि ती महिला प्रहरी मानवअधिकार आयोगको शरणमा पुगेको स्रोतले मतायो। आयोगले समेत दोषीलाई तीस दिन भित्र कारबाही गर्न महानगरलाई सिफारिस गरेको थियो। तर त्यसमा पनि ‘बालेन शक्तिको’  प्रयोग गर्दे कारबाही गरिएन ।

यस बेला प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको र त्यसमा महानगरप्रहरीको आचराण विपरीत काम गरेकोले उनलाई तत्कालै निलम्बन गरी कारबाही गर्न महानगरमा कार्यरत आधा दर्जन कर्मचारी संगठले माग गरे संगै उनका विगतका काण्ड समेत कर्मचारीहरूले सम्झन थालेका छन् ।
नगप्रहरीबाट भएका बाधा अवरोध एवं उनीहरुबाट प्रमुख प्रशासकीय अधिकृत, त्यहाँ उपस्थित जनप्रतिनिधि एवं कर्मचारीहरुमाथि गरिएको धरपकट र निज प्रहरी प्रमुखले सो समयमा व्यक्त गरेका कतिपय आपत्तिजनक भनाईहरु भत्र्सनीय एवं दण्डनीय रहेको  भन्दै उनीहरुले विगत देखिनै पाण्डेले प्रमुख बालेन शाहको धाक देखाएर थर्काउदै आएको  गुनासो गरेका छन् ।

तपाईको बिचार