महानगर प्रहरी प्रमुख पाण्डेको पद धरापमा , तीन दिनभित्र निलम्बन नगरे आन्दोलनमा उत्रने कर्मचारी संगठनको चेतावनी

महानगर प्रहरी प्रमुख पाण्डेको पद धरापमा , तीन दिनभित्र निलम्बन नगरे आन्दोलनमा उत्रने कर्मचारी संगठनको चेतावनी

1615

काठमाडौं। काठमाडौ महानगरपालिकाका निमित प्रहरी प्रमुख राजु पाण्डेको पद धरापमा परेको छ। प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको र त्यसमा महानगरप्रहरीको आचराण विपरीत काम गरेकोले उनलाई तत्कालै निलम्बन गरी कारबाही गर्न महानगरमा कार्यरत आधा दर्जन कर्मचारी संगठले माग गरेका छन् । उनीहरुले यदि कारबाही नगरे। कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

बिहीबार उनीहरुले महानगरका कार्यकारी अधिकृत गुरागाई समक्ष संयुक्त ज्ञापन पत्र बुझाउदै प्रमुख बालेन शाहको सचिवालयबाट भएको अवाञ्छित गतिविधिको समेत छानबिन गर्न माग गरेका छन् ।

उनीहरुले ज्ञापन पत्रमा भनेका छन् – कार्यालयमा २०८१ साल चैत्र २१ गतेका दिन घटन पगेको अनपेक्षित एवं दुर्भाग्यपूर्ण घटनाका प्रति काठमाडौ महानगरपालिकामा विगत चार महिना देखि देखिएको प्रशासनिक समस्या र यसको परिणाममा स्थानीय तहमा क्रियाशिल हामी संघ संगठनहरु दुःख प्रकट गर्दछौं । कार्यालयको प्रशासनिक प्रमुखका रुपमा नेपाल सरकारले खटाएको अधिकार प्राप्त प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश गर्दा काठमाडौं महानगर प्रहरी बलका प्रमुख र उनको कमाण्डमा खटिएको प्रहरीबाट भएका बाधा अवरोध एवं उनीहरुबाट प्रमुख प्रशासकीय अधिकृत, त्यहाँ उपस्थित जनप्रतिनिधि एवं कर्मचारीहरुमाथि गरिएको धरपकट र निज प्रहरी प्रमुखले सो समयमा व्यक्त गरेका कतिपय आपत्तिजनक भनाईहरु भत्र्सनीय एवं दण्डनीय रहेको हाम्रो ठम्याई छ ।

उनीहरुले बुझाएको ज्ञापन पत्रमा अगाडि भनेका छन्‘विगत तीन महिना भन्दा वढी समय देखि काठमाडौं महानगर प्रशासनिक नेतृत्व विहिन हुँदा काठमाडौँ महानगरपलिकाको प्रशासनिक संयन्त्र अस्त(व्यस्त बन्न पुगेको र महानगरपालिका कोषबाट पारिश्रमिक लिने शिक्षक सफाई मजदुर लगायत सम्पूर्ण कर्मचारीहरुले महिनौ देखि पारिश्रमिक नपाउँदा झन्डै ५००० पेशाकर्मीहरुको दैनिकी चल्न नसकिरहेको अवस्थामा कार्यालय सञ्चालनको जिम्मा लिएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई यो वा त्यो बहानामा रोक्न खोज्नु कानूनी दृष्टिले समेत अवाञ्छनीय कार्य हो भन्ने हाम्रो ठहर रहेको छ ।

परिस्थिति यति विकराल हुँदा समेत महानगर नेतृत्व गम्भीर भई समस्याको समाधानका लागि भूमिका खेल्नु पर्नेमा सचिवालयका नाममा पदीय मर्यादा विपरित सामाजिक संजाल एवं विभिन्न सञ्चार माध्यममा कपोलकल्पित समाचार प्रवाह गर्ने, भ्रष्टाचार जस्तो गम्भीर आरोपलाई विना प्रमाण र तथ्य वद्रियतपूर्ण ढङ्गले उछाल्ने, २१ गतेको घटनामा सकारात्मक भूमिका निर्वाह गरी कार्यालयमा घट्न सक्ने भयावह दुर्घटनाबाट जोगाउन प्रयास गर्नु भएका आदरणीय उपप्रमुखज्यु, वडाध्यक्ष तथा कार्यपालिका सदस्यज्युहरु, वडा सदस्य एवं कर्मचारीहरु सबैले भ्रष्टाचारको आरोप खेप्नु पर्ने भनी धम्की दिने कार्यको हामी घोर निन्दा गर्दै यस किसिमको निन्दनीय कार्य बन्द गर्न चेतावनी दिन चाहन्छौ’

उनीहरुले अगाडि भनेका छन् –व्यक्तिको मौखिक आदेश निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा हाल यो समस्या पैदा भएको हाम्रो बुझाई रहेको छ । तसर्थ महानगरपालिकाका कर्मचारीहरुले गैह्र कानूनी दवाव, डर त्रास एवं भयबाट मुक्त रही सहज कार्य वातावरणमा काम गर्न पाउने अवस्थाको सृजना गर्न हामी जोडदार माग गर्दछौ ’।

उनीहरुले ज्ञापन पत्र बुझाउदै अगाडि सारेका मागमा मिति २०८१ साल चैत्र २१ गते महानगर प्रहरी बलका प्रमुख को अगुवाईमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकारसम्पन्न छानविन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने, उक्त दिन आचरण विपरितको कार्यमा उत्रने महानगर प्रहरी वलका प्रमुखलाई महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा राखी छानविन कार्यलाई सहज बनाउनुपर्ने , २१ गतेको घटना पछि प्रमुखको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारी ले आचरण विपरित अनाधिकृत ढङ्गले सार्वजनिक सञ्चार माध्यममार्फत उपप्रमुखज्यु, वडाध्यक्षज्यु लगायतका सम्मानित व्यक्तिहरु समेतलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लङ्घन गरेको हुँदा निजलाई कानून बमोजिम हदैसम्मको कारवाही गर्नुपर्ने लगायतका १० सुत्रीय माग महानगर प्रशासन समक्ष राखेका छन् ।
यसरी ज्ञापनत्र पत्र बुझाउने संगठनहरुमा नर वहादुर साउद,अध्यक्ष गठगाडी, युनियन  नेपाल शम्भु वराल, महासचिव स्थानीय तह कर्मचारी यूनियन, नेपाल स्थानीय तह कर्मचारी संघ नेपाल
उत्तम घले अध्यक्ष महानगर कर्मचारी परिषद मचावावु मालाकार,अध्यक्ष नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, रमिला पुजारी, अध्यक्ष , नेपाल वातावरण तथा सरसफाई श्रमिक संघ रहेृका छन्

 

तपाईको बिचार