तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

593

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कडा प्रशासनिक कारबाही गरिने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले घटनामा संलग्न जुनसुकै कभरमा बसेपनि कडा प्रशासनिक कारबाही गर्ने चेतावनी दिए ।

उनले भने,‘शुक्रबार तीनकुनेमा भएको शान्तिपूर्ण आन्दोलन भनिएकोमा आपराधिक घटना सुरु गरियो । आगजनी गरियो । । मानिसलाई घरभित्रै थुनेर बाहरिबाट ताल्चा लगाएर जिउँदै जलाएर हत्या गरियो । प्रहरीको बन्दुक खोस्ने, कुटपीट गर्ने ढुंगामुडा, तोडफोट, लुटपात जस्ता अपराधिक घट्ना गरियो । अन्य आतंककारी काम समेत भयो । यी सबै निन्दनीय र खेलजनक क्रियाकलाप हुन् । यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै जोस्, जुनसुकै कभरमा किन नहुन कडा प्रशासनिक कारबाही हुन्छ ।’
साथै उनले यसका योजनाकार को हुन र को को संलग्न छन भन्ने विषयमा सरकारले छानबीन र अनुसन्धान गरिरहेको पनि संसदमा जानकारी गराए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले समाज विथोल्न लागिपरेका दुर्गा प्रसाईलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोकेर हिंसात्मक क्रियाकलापको लागि खटाएको पनि उनको भनाई छ ।
साथै ज्ञानेन्द्रले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङघन गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ ।

उनले भने,‘यसका योजनाकार को हुन र को को संलग्न छन । सरकारले यस विषयमा छानविन र अनुसन्धान गरिरहेको छ । चैत्र १४ गते समाज विथोल्न लागिपरेका एकजना व्यक्तिलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोक्नुभयो र हिंसात्मक वारका लागि खटाउनुभयो । प्रारम्भिक अध्ययनले स्पष्ट पार्छ । पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङघन गर्नुभएको छ ।’

तपाईको बिचार