राजावादीहरु हिंसा भड्काउने योजनासहित सडकमा निस्किएः प्रधानमन्त्री ओली

राजावादीहरु हिंसा भड्काउने योजनासहित सडकमा निस्किएः प्रधानमन्त्री ओली

629

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरु हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किएको बताएका छन् ।

आज बसेको एमाले सचिवालय बैठकमा बोल्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले योजनाबद्ध रुपमै राजावादीहरुले हिंसा भड्काउन खोजेको बताएका हुन् । ‘उनीहरुको नियत नै गलछ । हिंसा भड्काउने योजना गरेरै आएका छन्’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

 

तर हिंसात्मक गतिविधिका दोषीहरुमाथि कानुन बमोजिम कार्बाही हुने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘अराजकता र अस्थिरता निम्त्याउन खोजिदैछ । लोकतन्त्र र संविधानलाई उल्लघन गर्ने मनसाय छ’ बैठकमा प्रधानमन्त्रीले भने, ‘हामीले लोकतनत्रको पक्षमा काम गर्नुपर्छ, अराजक गतिविधि कानुन बमोजिम नियन्त्रण हुन्छ ।’

तपाईको बिचार