स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा

स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा

609

मुगु । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मुगुको रारा बहुमुखि क्याम्पसमा चुनावी माहोल तातिएको छ ।

सोमवार अर्थात चैत १८ गते हुने स्वबियु निर्वाचनका लागि मुगुका सक्रिय विभिन्न दलनिकटका संगठनहरू र एक स्वतन्त्र उम्मेदवार र दुई जना प्रत्यक्ष दलनिकट बाट अध्यक्ष पदका लागि प्रतिस्पर्धाको लागि मैदानमा उत्रिएका छन् ।

 

बिगतका बर्ष भन्दा यो वर्ष रारा बहुमुखी क्याम्पसमा भोलि हुन लागेको निर्वाचनले विद्यार्थी राजनीतिमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ ।

 

प्रमुख प्रतिस्पर्धीको रूपमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ , नेकपा एमालेनिकट अनेरास्ववियु, र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् ।

एकातिर पछिल्लो समय विद्यार्थीहरूमा दलहरू प्रति असन्तुष्टि बढ्दै गएकाले सायद मुगुमा पहिलो पटक स्वतन्त्र उम्मेदवारी रहेको छ ।

 

निर्वाचन समितिका निर्वाचन अधिकृत लाल केशर रोकायाका अनुसार नेपाल विद्यार्थी संघ , अनेरास्ववियु , एक स्वतन्त्र उम्मेदवार र अखिल क्रान्तिकारी विद्यार्थी संगठन निर्वाचन प्रतिस्पर्धामा छन् ।

 

नेकपा एमाले निकट अनेरास्ववियु , नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको निर्वाचन अधिकृत रोकायाको भनाई छ । प्रमुख दलनिकट विद्यार्थी संगठनहरू नेतृत्व आफ्नो पक्षमा हात पार्न कसरत गरिरहेका छन् भने स्वतन्त्र उम्मेदवारले समेत चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।

अध्यक्ष पदका लागि नेविसंघबाट जयलक्ष्मी रावल , गठबन्धन बाट अनेरास्ववियुका रविन्द्र मल्ल र स्वतन्त्र उम्मेदवारका रूपमा सुशिल कुमार मल्ल प्रतिस्पर्धामा छन् ।

कोषाध्यक्ष पदमा नेविसंघ बाट पञ्चादेवि सेजुवाल र गठबन्धन बाट अनेरास्ववियुकी सरीता खड्का , सचिवमा नेविसंघका सागर हितान , गठबन्धन बाट अखिल क्रान्तिकारीकी औसरा बुढाले उम्मेदवारी दिएका छन् । स्ववियु कार्यसमितिको रारा बहुमुखि क्याम्पसमा अध्यक्ष, सचिव, कोषाध्यक्ष सहित २ सदस्यीय हुने व्यवस्था छ ।

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको रारा बहुमुखि क्याम्पसमा नया नेतृत्व चयनका लागि १ सय ७२ जना मतदाताले भोलि आफ्नो मताधिकार प्रयोग गर्नेछन् । २०७९ साल चैतमा सम्पन्न निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका राज तामाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

 

बिगतका वर्ष भन्दा यो बर्ष ववियु निर्वाचन अलि रोचक देखिने छ । एकातिर गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् भने अर्को ति स्वतन्त्र उम्मेदवार । यस वर्षको स्ववियु मुगुको निर्वाचनमा कस्ले बाजि मार्ला भन्ने त्यो हेर्न बाँकि छ । निर्वाचन भोलि बिहान ७ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ ।

तपाईको बिचार