आक्रमणमा परेका सञ्चारमाध्यममा प्रेस चौतारीको अनुगमन

आक्रमणमा परेका सञ्चारमाध्यममा प्रेस चौतारीको अनुगमन

627

काठमाडौं । प्रेस चौतारी नेपालले राजावादीबाट शुक्रबार सञ्चारमाध्यम तथा पत्रकारहरुमाथि भएको आक्रमणको अनुगमन गरेको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार बिहान कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, हिमालय टेलिभिजन, अनलाइनखबरलगायतको कार्यालयमा गएर घटनाको जानकारी लिएको हो ।

राजावादीको नाममा भएका आन्दोलनको कभरेज गर्ने क्रममा एभिन्युजका पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृह तथा सञ्चारकर्मीमाथिको हमला विरुद्ध शनिबार बिहान नेपाल पत्रकार महासंघले माइतीघर मण्डलामा आयोजना गरिएको विरोध कार्याक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेले विचलित नभई पत्रकारिता गर्न पत्रकारलाई आग्रह गर्दै राजावादीले गरेको आक्रमणको घोर भत्र्सनासमेत गरे ।

त्यसपछि चौतारीको उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी, महासचिव हिरामान लामा, सचिव बिष्णु तारुके, मधेश प्रदेस ईञ्चार्ज अच्युत पौडेललगाएतको जम्बो टोली क्षेती भएका सञ्चारमाध्यम तथा पत्रकारहरुमाथि भएको आक्रमणको अनुगमन सञ्चारमाध्यमका कार्यालयमा पुगेका थिए ।

कान्तिपुर दैनिकबाट अनुगमन सुरु गरेको चौतारीको टोली अन्नपूर्ण पोष्ट, हिमालय टेलिभिजन र अनलाइनखबरको कार्यालयमानै गएर घटनाको जानकारी लिएका थिए ।

क्षतिग्रस्त भवनको निरीक्षणपछि प्रेस चौतारीका महासचिव हिरामान लामाले सञ्चारमाध्यममामाथि भएको आक्रमण निन्दनीय भएको बताए । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रेस चौतारी सधैं लड्ने बताए । महासचिव लामाले उदण्ड समुहले सञ्चारमाध्यममा त्रास सिर्जना गरेर दक्षिणपन्थी शक्तिहरुलाई स्थापित गर्न खोजिएको भन्दै अविचलित भएर आफ्नो पेसागत काम गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

अनुगमनपछि चौतारीका अध्यक्ष पाण्डेले राजावादीहरुले सञ्चारमाध्यमहरुलाई आक्रमणको निशाना बनाएकोमा दुःख व्यक्त गर्दै दोसिलाई कानूनी कठघरामा उभ्याउन चौतारीले दबाब गर्ने प्रतिबत्ता व्यक्त गरे । उनले उदण्ड आक्रमणकारीको भत्र्सना गर्दै राज्यले अपनाएको संयमकै कारण शुक्रबार थप क्षति हुन नपाएको भन्दै पत्रकार तथा नागरिकको सुरक्षाप्रति गम्भीर हुन सरकारसँग माग गरे ।

चौतारीको टोलीलाई कान्तिपुरका प्रधान सम्पादक विजय पौडेल, अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी र महाप्रबन्धक मनोज बस्नेत, हिमालय टेलिभिजनका प्रधान सम्पादक राजेन्द्र बानिया र अनलाइनखबरका सम्पादक बसन्त बस्नेतसंग राजावादीहरुले सञ्चारमाध्यम तथा पत्रकारमाथि गरेको आक्रमणको जानकारी गराएका थिए । केही राजावादीले सञ्चारमाध्यमको नामै किटेर आक्रमण गर्ने योजना बनाएको र धम्कीपूर्ण माइकिङ गरेरनै आक्रमण गरेको बताए ।

सोही क्रममा चौतारीको टोलीले पेसागत जिम्मेवारी निर्वाह गर्दागर्दै प्रदर्शनकारीको उग्रताको शिकार बन्नुपरेका अनलाइनखबरकर्मी दिनेश गौतमको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर