बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तोके ७ लाख ९३ हजार जरिवाना

बालेनले पूर्वराजा ज्ञानेन्द्रलाई तोके ७ लाख ९३ हजार जरिवाना

607

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।

हिजो (शुक्रबार) काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ८ वटा शीर्षकमा उक्त रकमको जरिवाना तोकेको हो ।

महानगरले पूर्वराजा शाहको नाममा पत्र काट्दै जरिवाना तोकेको हो । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।

सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । राजावादी समर्थकहरू उग्र बन्दा हिजो दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।

 

तपाईको बिचार

सम्बन्धित खबर