प्रधानमन्त्री कपको फाइनलमा पुलिस र आर्मी बिच भिडन्त हुने

प्रधानमन्त्री कपको फाइनलमा पुलिस र आर्मी बिच भिडन्त हुने

593

काठमाडौं । नेपाल पुलिस क्लबले पहिलो हार ब्योहोरेको छ ।

 

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पुलिसले पहिलो हार ब्योहोरेको हो ।

 

आज भएको दुइ विभागीय टोलीको खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पनि फाइनलमा प्रवेश गरेको छ । लगातार सातौं जीत हासिल गरेको पुलिस एक खेल अगावै फाइनलमा पुगिसकेको छ ।

 

भैरहवाको एक्ट्रटेक ओभलमा पुलिसले प्रस्तुत गरेको १४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । आर्मीका लागि विवेक यादवले अविजित ४१, तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२, कप्तान विनोद भण्डारीले अविजित १३ र बसिर अहमदले १२ रज बनाउन सफल भए ।

 

पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा कप्तान दीपेन्द्रसिंह ऐरी र करण केसीले समान एक एक विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।

 

जितसँगै आर्मीले ९ खेलमा १६ अंक जोड्यो । पहिलो पराजय बेहोरेको पुलिसको पनि समान खेलबाट १६ अंक नै रहेकाे छ । सामान अंक भए पनि नेट रनरेटका आधारमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर