राजावादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाई

राजावादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाई

619

काठमाडौं । भोली राजावादीहरुले गर्न लागेको आन्दोलनको कमाण्डर दुर्गा प्रसाई बनेका छन् ।

राजावादीहरुले यस विषयमा आज पत्रकार सम्मेलन गरेर त्यसको जानकारी गराएको हो ।

 

‘नवगठित संयुक्त जनआन्दोलन समितिमा जनकमाण्डरको जिम्मा दुर्गा प्रसाईलाई दिइएको छ,’ पत्रकार सम्मेलनमा भनिएको छ । प्रसाईकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुनेको स्थान छुट्याएको छ ।

उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् । यता भोलि नै गणतन्त्र पक्षधरहरूले पनि काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शन गर्दैछन् । दुई ठाउँमा प्रदर्शन हुने भएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर