चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ माथी आक्रमण भएको छ ।
केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समुहले केन्द्र प्रमुख श्रेष्ठमाथी आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो ।
आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् । १३–१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथी आक्रमण गरेको विद्युतका कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गरि घटनाको निन्दा गरेका छन् ।
तपाईको बिचार