नेपाल प्रहरीमा ६ एआइजी रिक्त, को-को छन् प्रतिस्पर्धी ?

नेपाल प्रहरीमा ६ एआइजी रिक्त, को-को छन् प्रतिस्पर्धी ?

539

काठमाडौं । नेपाल प्रहरीमा अहिले ६ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त छ । मन्त्रिपरिषद्को निर्णयअनुसार दीपक थापा आईजीपी नियुक्त भएसँगै एआईजीको रिक्त दरबन्दी ६ पुगेको हो । त्यसअघि निवर्तमान आईजीपी वसन्त कुँवरसँगै ५ एआईजी चैत ४ देखि अनिवार्य अवकाशमा गएका थिए ।

कुँवरसँगै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई एकसाथ अवकाशमा गएका हुन् । उनीहरूकै ब्याचमेट डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि सेवानिवृत्त भएका छन् । प्रहरीमा जनपदतर्फ अहिले ८ एआईजीको दरबन्दी छ । जसमा अहिले दुई एआईजी मात्रै रहेका छन् ।

योसँगै अब एआईजीको रिक्त दरबन्दीमा बढुवाको तीव्र प्रतिस्पर्धा चलेको छ । डीआईजीहरू चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा। मनोज कुमार केसी, राजन अधिकारी, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बि.क. एआईजी बढुवाको दाबेदार छन् । उनीहरु मध्ये कसले बाजी मार्ने हुन् हेर्न बाँकी रहेको छ । उनीहरु ११ जना मध्येबाटै सरकारले ६ जनालाई एआईजी नियुक्त गर्नेछ ।

तपाईको बिचार