काठमाडौं । सिन्धुपाल्चोकमा हालै समातिएको थान भेप भाटभटेनीका साहु मीनबहादुर गुरूङको भएको खुलेको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिषकुमार झा र नेकपा माओवादी केन्द्रका गंगा कार्कीले सो दाबी गरेका हुन् ।
बिहिवारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेलाइ जग्गा दान गर्ने भाटभटेनीका साहु मीनबहादुर गुरूङको समान ल्याइरहेको ट्रकवाट उक्त समान बरामद भएको दावी गरेका हुन ।
‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकवाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाइ संरक्षण नगरियोस भन्न चाहान्छु’ झाले भने ।
एमालेका जग्गा दाता मिनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अबैध भेप भेटिएको छ, जग्गा दाता भने पछि कुनै कारबाही नहुने हो कि के हो ?’ सांसद झाले प्रश्न उठाएका हुन् ।
‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बार्हबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साउको भएको खुलेको छ, यसमा छानबिन गर्न जरूरी छ,’ उनले भने ।
तपाईको बिचार