अवैध लागूऔषधसहित माेरङका विभिन्न स्थानबाट ६ जना पक्राउ

अवैध लागूऔषधसहित माेरङका विभिन्न स्थानबाट ६ जना पक्राउ

583

माेरङ । नेपाल प्रहरीले माेरङका बिभिन्न स्थानवाट ११ जनालाइ लागु औषधसहित पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार मोरङ, विराटनगर महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध फेनारगन ७ एम्पुल, डाइजेपाम ७ एम्पुल, एभिल ७ एम्पुल र लुपिजेसिक ७ एम्पुलसहित सुनसरी इटहरी उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय कर्ण बहादुर राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

 

साथै, मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-३ बस्ने २९ वर्षीय ऐलिन भुजेल, सुन्दरहरैंचा नगरपालिका-६ बस्ने २४ वर्षीय निश्‍चल तामाङ र २३ वर्षीय गोबिन्द नेपाली रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ऐलिनलाई ३ ग्राम ५ सय २० मिलिग्राम तथा निश्चल र गोबिन्दलाई १ ग्राम ३ सय १० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

र, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ५ ट्याब्लेट, एभिल ७ एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनारगन ७ एम्पुल र डाइजेपाम ७ एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने २१ वर्षीय राकेश मल्लिक र सुनसरी बराहाक्षेत्र नगरपालिका-८ बस्ने २२ वर्षीय शमिर धामी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

तपाईको बिचार