काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निवर्चानको पूर्वसन्ध्यामा रत्नराज्य क्याम्पसको गेटमा ताला लागेको छ ।
आज बिहान ८ बजेदेखि स्ववियु निर्वाचनको मतदान कार्यक्रम रहेको छ । तर हिजै नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियूको गठबन्धनले तालाबन्दी गरेको छ।
नेपाल विद्यार्थी संघले आरआर जस्तो लालकिल्ला ठानिएको क्याम्पसमा चुनाव हार्ने डरले मध्यरातमा तालाबन्दी गरिएको आरोप लगाएको छ ।
अनेरास्ववियु र ओरास्ववियूले भने निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक डिजिटल कार्डहरु प्रशासनबाटै जारी भएको आरोप लगाएको छ । तालाबन्दीसँगै त्यहाँ निर्वाचन हुने वा नहुने भन्नेमा अन्यौलता छाएको छ ।
तपाईको बिचार