नेपाल प्रहरीले आजै नयाँ आईजीपी पाउँदै, को होलान ?

नेपाल प्रहरीले आजै नयाँ आईजीपी पाउँदै, को होलान ?

599

काठमाडौ । आज बस्ने मन्त्रीपरिषदको बैठकले नयाँ प्रहरी महानिरीक्षक( आइजीपी) नियुक्ति गर्दैछ । तर सरकारले कसलाई आइजीपी बनाउने हो भन्ने विषय अहिले गुपचुप नै रहेको छ ।

आइजीपी बसन्त कुँवरको अवकाशसँगै नेपाल प्रहरीको ३१ औ आईजीपी को होलान् भन्नेबारे चासोको विषय बनेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कुँवरलाई वरियताको आधारमा आईजीपी नियुक्त गरेको थियो । कुँवर वरीयता सूचीको १ नम्बरमा थिए । नयाँ प्रहरी ऐन आउन ढिला हुने र ३० वर्षे नहट्ने भएसँगै आईजीपी कुँवरलाई आज प्रहरी प्रधान कार्यालयबाट बिदाइ कार्यक्रम राखिएको छ ।

आईजीपीको नियुक्तिबारे निर्णय गर्न आज नै मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ । प्रहरीको ३१ औं आईजीपी बन्न तीन जना अतिरिक्त महानिरीक्षकहरू प्रतिस्पर्धामा छन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरू दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ आईजीपीको प्रतिस्पर्धी हुन् । थापा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।

२०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका उनीहरूमध्ये दीपक थापा २०७९ चैत ६ मा वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका हुन् । उनीहरू १८ दिन ढिला बढुवा भएका थिए । वरीयता सूची अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् ।

तपाईको बिचार