क्याम्पस तोडफोडमा उत्रिएपछि स्ववियु सभापतिसहित ६ जना पक्राउ

क्याम्पस तोडफोडमा उत्रिएपछि स्ववियु सभापतिसहित ६ जना पक्राउ

635

विराटनगर । क्यम्पस तोडफोडमा उत्रिएपछि मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापतिसहित ६ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि स्ववियु सभापति जसवन्त पौडेलसहित स्ववियु सचिव सनिम ठकुरी, स्ववियु सदस्य रोशनकुमार पासवान, प्रज्वल अधिकारी र नवीन तिवारीलाई पक्राउ गरेको हो ।
उनीहरूले स्ववियु कार्यालयअगाडि पुगेर कुर्सी, सूचनापाटी तोडफफोड गरेको प्रहरीले जनाएको छ ।

तपाईको बिचार