समाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक जारी

611

काठमाडौं । समाजवादी मोर्चाको बैठक अहिले जारी छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

बैठकमा मोर्चाका आगामी कार्यक्रमका विषयमा छलफल भइरहेको बताईएको छ। मोर्चाले गणतन्त्र पक्षधरलाई एक ठाउँमा ल्याएर जनप्रदर्शन गर्ने तयारीमा छ । मोर्चाको अघिल्लो बैठकले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरिसकेको छ ।

यसअघि राप्रपा, राप्रपा नेपाल लगायत राजसंस्था पक्षधर समूहले काठमाडौंमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ।

त्यसका लागि आज अपराह्न तीन बजे पत्रकार सम्मेलनमार्फत् जनतालाई अपिल गर्ने मोर्चाले तयारी गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर