काठमाडौ विद्यालय शिक्षाको अधिकार स्थानीय तह मातहत हुने संवैधानिक व्यवस्थाको विरुद्ध पटक पटक आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका शिक्षकहरूले फेरी पनि सडक आन्दोलनको घोषणा गरेका छन् उनीहरूले मंगबारबाट लगातार पार्टी कार्यालयमा धर्ना दिँदै आएका छन् ।
मङ्गलवार उनीहरूले नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् भने बुधवार (आज)एमाले केन्द्रीय कार्यालय च्यसलमा धर्ना दिने भएका छन् । शिक्षक महासङ्घका महासचिव तुला थापाका अनुसार बुधवार १ बजे देखि ३ बजे सम्म एमाले केन्द्रीय कार्यालय च्यासलमा धर्ना दिने कार्यक्रम तय भएको छ। त्यसै गरी शुक्रबार माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडा, चैत २ गते नेकपा एसको केन्द्रीय कार्यालय आलोक नगर , ३ चैतमा रास्वपाको केन्द्रीय कार्यालय वसुन्धरामा धर्ना दिने कार्यक्रम तय भएको छ।
त्यसै गरी चैत ४ गते जसपा, ५ गते जनमत र नागरिक उन्मुक्ति पार्टीको कार्यालयमा पुगेर आफ्ना माग बारे ध्यानाकर्षण गराइने छ। थापाका अनुसार कतै ज्ञापन पत्र र धर्ना दिने कार्यक्रम रहेको छ। त्यसै गरी चैत ६ गते प्रतिनिधिसभाका सदस्यहरूलाई आफ्ना मागमा बारेमा ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ। उनका अनुसार ७ गते देखि माग पुरा गराउन सडक आन्दोलन गरिने छ।
तत्कालीन शिक्षा मन्त्री अशोक कुमार राईले २०८० भदौ २७ गते प्रतिनिधि सभामा पेस गरेको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रति सामुदायिक विद्यालयका शिक्षकहरूको विमति छ । उक्त विधेयक संसदीय प्रक्रिया पुरा गरि हिउँदे अधिवेशनमा पेस गर्ने सरकारले तयारी गरेको छ । तर, विधेयक दर्ता भए देखि नै विरोधमा उत्रिएका सामुदायिक विद्यालयका शिक्षकहरूले १७ महिना पछि फेरी पनि सडक उत्रिएका हुन् ।
यस अघि विधेयकमा विमति जनाउँदै महासङ्घको अगुवाइमा विद्यालय बन्द गरेरै २०८० असोज ३ गते देखि शिक्षकहरूले काठमाडौं केन्द्रित सडक आन्दोलन गरेका थिए । बालबालिकाको पठन पाठन नै बन्द गरी देशभरबाट काठमाडौं आएका शिक्षकहरूसँग सरकारले असोज ५ गते सहमति गरेको थियो । उक्त सहमति सहित त्यस अघि भएका अन्य सहमति कार्यान्वयन गर्न दबाब दिन महासङ्घले आन्दोलनको घोषणा गरेको जनाएको छ।
तपाईको बिचार