काठमाडौ । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । अपराह्न ४ बजेबाट मोर्चाको बैठक बसिरहेको हो।
बैठकमा मोर्चाका रहेका चार दल माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपाका शीर्ष नेताहरूसहित दोस्रो तहका नेताहरू सहभागी छन्। नेताहरूका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको छ।
मोर्चामा आबद्ध दलहरूले राजावादी सलबलाएसँगै गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन्। हिजो सिंहदरबारमा बसेको मोर्चाको बैठकले यसै विषयमा छलफल गरेको थियो।
तपाईको बिचार