स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु माण्डव्य क्याम्पसमा प्यानलै निर्विरोध

स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु माण्डव्य क्याम्पसमा प्यानलै निर्विरोध

1043

रुपन्देही । पाल्पाको माण्डव्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका सौगात कोइरालासहित प्यानल निर्विरोध विजयी भएको छ ।

अनेरास्ववियुका लुम्बिनी सचिव रमेश ढकालका अनुसार सो क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको हो । यसअघि पनि त्यहाँ अनेरास्ववियुले निर्वाचन जित्दै आएको थियो ।

५ गते हुने निर्वाचनको लागि अनेरास्ववियुको प्यानल विरुद्ध कसैले पनि उम्मेदवारी दिएनन् । योसँगै लुम्बिनी प्रदेशमा अनेरास्ववियुले आफ्नो खाता खोलेको ढकालले जनाएका छन् ।

तपाईको बिचार