प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभालाई सम्बोधन गर्ने

751

बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएकेको प्रदेशसभा सचिवलायले जनाएको छ । प्रधानमन्त्री ओलीको सम्बोधन सुन्नका लागि सत्तारुढ दलहरु एमाले र कांग्रेसले आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।

एमालेले हिजो (सोमबार) संसदीय दलको बैठकमार्फत् सबै ४० सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको थियो । नेपाली कांग्रेसले पनि आफ्ना २९ सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिइसकेको छ । प्रमुख सचेतक गोपाल तामाङका अनुसार प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै कांग्रेसले ह्वीप जारी गरेको हो ।

ओली आज पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा ओर्लने छन् । पौने १२ बजे विश्वविद्यालयका कूलपतिको हैसियतमा उनले विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्चको शैक्षिक भवन र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एन्ड साइन्स शैक्षिक भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उनले पूर्वाञ्चल विश्वविद्यालयको ४० औं विशेष सभा बैठक एवं १३ औं दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्ने छन् । दिउँसो साढे २ बजे कोशी प्रदेश सभामा उनको विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ । उनी आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर