प्रेस चौतारी बागमतीको अध्यक्षमा पौडेल र महासचिवमा मिश्र

प्रेस चौतारी बागमतीको अध्यक्षमा पौडेल र महासचिवमा मिश्र

669

काठमाडौं । प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीतामाया पौडेल निर्वाचित भएकी छन् ।

शनिबार सम्पन्न दोस्रो अधिवेशनले दुई उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारी निर्वाचित गरेको छ । प्रदेश महासचिवमा सौगात मिश्र, सचिवमा सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, रामचन्द्र बस्नेत, लीजा क्षेत्री र सन्तोष तामाङ निर्वाचित भएको संगठनका उपत्यका इन्चार्ज हेमराज सिलवालले बताए ।

कोषाध्यक्षमा सुरेश जीसी निर्वाचित भए । सदस्यहरु मेघनाथ पहाडी ज्योति जीसी, रोशनराज अर्याल र जीबी लामा छन् ।

समाजवादी प्रेस संगठन त्यागेर प्रेस चौतारीमा फर्किनेले चार पदाधिकारी पाएका छन् । जसमा उपाध्यक्ष अधिकारी, महासचिव मिश्र, सचिव बस्नेत र क्षेत्री रहेका छन् ।

 

तपाईको बिचार

सम्बन्धित खबर