यी हुन् अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु

यी हुन् अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु

626

काठमाडौँ । आज अमेरिकाबाट डिपोर्ट भई थप १० नेपालीहरु नेपाल फिर्ता भएका छन् । अमेरिकामा अवैधरुपमा बसोबास गर्दै आएका उनीहरुलाई अमेरिकाले चार्टर विमानमार्फत काठमाडौँ ल्याएर छोडेको हो ।

नेपाल फर्काइनेहरुमा सुष्मा घर्ति, लक्षिमान कट्टेल, सुकुमार पुन मगर, हिमाल बिक, मोहन गौतम, टोप घर्ति, कमल ओली, दिपक खतिवडा, सिताराम केसी र राम चौधरी छन् । अमेरिकी चार्टर जहाज GLF5 बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकाले अवैध आप्रवासीहरुलाई धमाधम डिपोर्ट गरिरहेको छ । आप्रवासीमाथि कडाइ गर्ने ट्रम्प प्रशासनको नीतिले करिब १४ लाख आप्रवासी अमेरिकाबाट निकाला पर्ने अनुमान गरिएको छ । भारत, मेक्सिकोलगायत विभिन्न देशका नागरिकलाई जहाजमा राखेर भटाभट फर्काइरहेको छ ।

ट्रम्पले सत्ता सम्हालेयता तीन दर्जन बढी नेपाली फिर्ता भैसकेका छन् । अमेरिकामा एक हजारको संख्यामा नेपालीहरु गैरकानुनी तवरले बसिरहेको अमेरिकास्थित अध्यागमनले जनाएको छ ।

 

तपाईको बिचार