काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका व्यक्ति र घाइते सबैको पहिचान खुलेको छ । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान करिब साढे ११ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए । उनीहरु सबैको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुने चितवन खैरहनी गाउँपालिका–२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर दर्जी रहेका छन् ।
घाइते हुनेहरूमा हरिकला परियार, गिता परियार, सुमित चौधरी, रितेश परियार, सन्ध्या परियार, रुपा परियार, सञ्चिता आले, प्रमिला राना, विमला परियार, राजु परियार, सुवना परियार, अभिषेक परियार, अनिसा परियार र अर्जुन परियार रहेका छन् ।गोरखा प्रहरीका अनुसार उनीहरु सबै खैरहनी गाउँपालिका–२ का स्थानीय हुन् ।
तपाईको बिचार