कााठमाडौ । सत्तारुढ दल नेकपा एमालेले जनवर्गीय संगठनमा केन्द्रीय पदाधिकारीको संख्या घटाएको छ । अब जनवर्गीय संगठनको पादाधिकारी संख्या ९ जनाको मात्रै बनाउने भएको छ ।
आज पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय पदाधिकारीको संख्या घटाएर ९ मा सीमित गर्ने निर्णय गरेको हो ।
यसअघि एमालेका जनवर्गीय संगठनहरूमा १७ सदस्यीय केन्द्रीय पदाधिकारी रहने व्यवस्था रहेको थियो ।
पार्टीका महासचिव शंकर पोखरेलका अनुसार अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव एक जना, उपमहासचिव १ जना र सचिवहरूलाई जिम्मेवारी दिनेगरी (प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्ने)९ जना पदाधिकारी रहनेछन् ।
अब संगठनहरू केन्द्रीय कमिटी र केन्द्रीय सचिवालय मात्रै रहने निर्णय भएको समेत उनले बताए ।
तपाईको बिचार