रौतहटको विद्यालयः बुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन!

रौतहटको विद्यालयः बुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन!

609

सञ्जय मिश्रा

रौतहट ।रौतहटको उत्तरिभेग गुजरा नगरपालिका ५, ईशलाम्पुर गाउँ स्थित श्री रहमान प्राथमिक विद्यालयको व्यवस्थापन समितिमा परिवारको एउटा अजीबो संरचना देखिन्छःबुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, र बुहारी पियन अर्दली। यो समाचार अपत्यारिलो लाग्न सक्छ, तर यो यथार्थ हो। यस विद्यालयको प्रधानाध्यापक महमद अफरोज आलम र गुजरा नगर शिक्षा संयोजक शिवमंगल साहको मिलोमतोमा यहाँको शिक्षा व्यवस्थामा बर्षेनी लाखौं रुपैयाँ भ्रष्टाचार भइरहेको छ

गाउँलेहरूले यस विद्यालयलाई रहमान पारिवारिक विद्यालय भनेर सम्बोधन गर्न थालेका छन्। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मजीबु रहमान, जो कि गुजरा नगरपालिका ५ ईशलामपुरका अवकाश प्राप्त शिक्षक हुन्, त्यहाँको एक दशक लामो कार्यकालका अध्यक्ष रहेका छन्। उनका छोरा महमद अफरोज आलम प्रधानाध्यापकका रूपमा कार्यरत छन्, र उनकी छोरी गुलशन नेसा शिक्षिका, र उनकी श्रीमती सबरिन खातुन पियन अर्दलीको रूपमा कार्यरत छन्।

प्रधानाध्यापक अफरोज आलमले विद्यालयलाई आफ्नो निजी सम्पत्ति जस्तै प्रयोग गर्दै नगर शिक्षा संयोजकसँग मिलेर विद्यार्थीसंख्या वृद्धि गरेर नगरपालिकाबाट लाखौं रकम प्राप्त गर्ने काम गर्दै आएका छन्। २०६५ सालमा झोले विद्यालयको अवधारणा अनुसार खोलिएको उक्त विद्यालय अहिले ठुलो भ्रष्टाचारको केन्द्री बनिसकेको छ।

उक्त विद्यालयको व्यवस्थापन समितिमा अध्यक्ष मजीबु रहमानको परिवारका अन्य सदस्यहरू पनि संलग्न थिए, तर हालका एकदशकमा उनलाई मात्र अध्यक्षको रूपमा नियुक्त गरिएको छ। स्थानिय समाजसेवी तथा नेपाली कांग्रेसका जिल्ला सहसचिव फिरोज आलमका अनुसार, २०७४ सालको स्थानिय निकाय निर्वाचनपछि, अफरोजले शिवमंगल साहसँग मिलेर विद्यालयमा भ्रष्टाचार गर्दै आएका छन्।

विद्यालयको छात्रसंख्या भने एकदमै कम, लगभग १५० विद्यार्थी भएता पनि, प्रधानाध्यापक अफरोजले नगरपालिकाबाट ३६० विद्यार्थीसंख्या देखाएर रकम उठाउने कार्य गरिरहेका छन्।

पत्रकार सम्मेलनमा आरोप लगाइएका अन्य घटनाहरूमा, मजीबु रहमान र अफरोजको सानिध्यमा विद्यालयको समिती गठन गर्न कठिनाइ भइरहेको उल्लेख गरिएको छ। यो संस्थानको रजिस्टर कहिल्यै अनुगमन गर्ने क्रममा भेटिएको छैन, र व्यवस्थापन समितीको गठन हुनमा पनि रोकावट आएको छ।

गुजाराको मेयर सन्तलाल चौधरीले पनि शिक्षा संयोजक शिवमंगल साहमाथि गम्भीर आरोप लगाएका छन्। उनका अनुसार, शिक्षा संयोजकले विभिन्न बहानामा समिती गठनमा अवरोध पुर्याएका छन् र यससम्बन्धी राजनीतिक चलखेल गर्दै आएका छन्।

 

तपाईको बिचार