पार्टी अध्यक्ष नेपालले जारी गरेको अपानिमा दोहोरो जिम्मेवारीको नाममा अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेका थिए । त्यसपछि अनेरास्ववियूमा समानन्तर कमिटीको अभ्यास भइरहेको थियो । माधव नेपालको यस्तो कदमको विरोध गर्दै सम्मानित नेता खनालले पार्टी नेतृत्वले निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले युवाहरुलाई हाक्न खोजेको आरोप लगाएका छन् ।
उनले केन्द्रिय कमिटी बैठकमा भनेका छन्- ‘समाजवादी चेतना र प्रतिबद्वताले समेत जागरुक बन्दै गरेका युवाहरुलाई निरंकुश र नोकरशाही शैलीमा मनपरी ढङ्गले हाक्न खोजेर हाँक्न सकिदैन । पार्टी नेतृत्वले जथाभावी डण्डा चलाएर पार्टी चल्न सक्दैन र चलाउन सकिदैन भन्ने कुरा आत्मसात गर्न सक्नुपर्छ । अन्यथा दुर्भाग्यपूर्ण अवस्था आइलाग्ने कुरा अवश्यभावी हुन्छ ।’
शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ र केन्दीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।
तपाईको बिचार