रुपन्देहीमा परालले छोपेको अवस्थामा महिलाको शव फेला

रुपन्देहीमा परालले छोपेको अवस्थामा महिलाको शव फेला

605

रुपन्देही । रुपन्देही जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा एक महिलाको हत्या गरी परालले छोपेको अवस्थामा शव फेला परेको छ । अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सूचना अधिकारी डिएसपी सुरज कार्कीका मृतक महिलाको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सूचना अधिकारी कार्कीले महिलाको पहिचान हुन बाँकी रहेको बताए । यस्तै, घटना बारेमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिसकेको बताए । आज विहान साढे ११ बजे परालले छोपेको अवस्थामा शव फेला परे पछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । अहिले प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

तपाईको बिचार